+
+

नेवानिका पाइलट दीपु ज्वार्चन बने ए३२० का लागि नेपालको पहिलो डीसीपी

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १७ गते १९:२२

१७ पुस, काठमाडौं । नेपाल एयरलाइन्स (नेवानि)का वरिष्ठ पाइलट दीपु ज्वार्चनले न्यारोबडी जहाज ए३२० मोडलको जहाजका लागि ‘डेजिगनेटेड चेक पाइलट (डीसीपी)’को लाइसेन्स पाउन सफल भएका छन् ।

नेपालमा दर्ता भएका वायुसेवा कम्पनीमा कार्यरत पाइलटहरु मध्ये यस्तो लाइसेन्स पाउने उनी पहिलो पाइलट समेत बन्न सफल भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए ।

अहिले नेपालमा नेपाल एयरलाइन्स र हिमालय एयरसँग ए३२० जहाज छन् । हिमालयमा विदेशी परीक्षक पाइलट कार्यरत छन् ।

नेपाली नागरिकका रुपमा भने ज्वार्चनले यस्तो लाइसेन्स पाउन सफल भएका हुन् । उनलाई प्राधिकरणले मंगलबार यसका लागि योग्य घोषित गरेको भुलले जानकारी दिए ।

‘यसका धेरै प्रक्रिया हुन्छन्, उहाँले ती प्रक्रिया पार गर्र्दै आफूलाई डीसीपीका लागि योग्य बनाउनु भयो,’ भुलले भने ।

यससँगै अब ज्वार्चनले प्राधिकरणले लिने ए३२० का पाइलटहरुको परीक्षा लिन र त्यसको जाँच गर्न पाउने छन् ।

ज्वार्चन प्रशिक्षक पाइलट समेत हुन् । प्रशिक्षक पाइलटको भूमिका तालिम दिनेसम्म हुन्छ । परीक्षा लिन र त्यसको परिक्षणको काम गर्न डीसीपी नै हुनुपर्ने थियो ।

नेपालमा डीसीपी नहुँदा विदेशी परीक्षक पाइलटबाट यस्तो काम गराउनु पर्ने थियो । यो काम अब नेपाली पाइलटबाटै सम्भव भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?