+
+

‘रिमै’मा दयाहाङ र रिश्मासँगै सौगात पनि

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १८ गते ११:५९

काठमाडौं । अभिनेता सौगात मल्ल फिल्म ‘रिमै’मा अनुबन्धित भएका छन् । योसँगै कलाकारको लाइनअप पूरा छ । यो फिल्ममा यसअघि ‘कबड्डी’ फेम्ड जोडी रिश्मा गुरुङ र दयाहाङ राई जोडिएका छन् ।

यी तीनै कलाकारले ‘कबड्डी २’ मा काम गरेका थिए । खिलबहादुर गुरुङले निर्देशन गर्ने फिल्मलाई गोरखा सिरानचोक एण्ड लिगलिग कोट फिल्म्स प्रालिले निर्माण गर्न लागेको हो ।

वीरबल घलेले यो फिल्मबाट अभिनय करिअर थाल्दैछन् । उपेन्द्र सुब्बा पटकथा लेखक हुन् । कार्यकारी निर्मातामा टीका गुरुङ, प्रकाश गुरुङ, जित यात्री गुरुङ र सचिकुमारी घले छन् । दुनबहादुर घले, हेमा गुरुङ र विजय लामा सहनिर्माता हुन् ।

अहिले प्रि-प्रोडक्सन चलिरहेको फिल्मको फागुनदेखि छायांकन तयारी छ । ‘कबड्डी’मा रिश्मा र दयाको नोकझोंकलाई रुचाएका दर्शकलार्ई यो फिल्म रुचिकर हुनसक्छ । फिल्मले कबड्डीको केमेस्ट्रीलाई ताजा तुल्याउने आशा निर्माता खिलले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?