+
+

राष्ट्रिय सभामा ख्यातिप्राप्त व्यक्ति पुर्‍याउने देखिँदैन : गगन थापा

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १८ गते १६:५३

१८ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय सभाको मर्म अनुसारका व्यक्तिहरु सांसद हुने अवस्था आफूले नदेखेको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्ने क्रममा महामन्त्री थापाले ख्यातिप्राप्त व्यक्तिहरु राष्ट्रिय सभामा पुर्‍याउने बहस नहुने परिस्थिति बनेको बताए ।

राष्ट्रिय सभाका रिक्त पदका लागि हुने निर्वाचनमा छलफलमा जुटिरहेका थापा भन्छन्,‘निर्णय गर्ने थलोमै उचित प्रतिनिधित्व नहुँदै गर्दा यस्तो कुराहरु आफैं हराउँदै जाने रहेछ ।’

पार्टी र देश पूर्व प्रधानमन्त्रीहरुको नियन्त्रणमा देश चलिरहेको थापाले बताए । ‘मैले पढेको र भाइब्रेन्ट डेमोक्रेसी भएको देशमा भूतपूर्व प्रधानमन्त्रीहरु यतिधेरै राजनीतिमा क्रियाशील मलाई थाहा छैन,’ महामन्त्री थापाले भने । पूर्व प्रधानमन्त्रीहरु यति लामो समय क्रियाशील हुनु राजनीतिकको दुखद पक्ष भएको थापाले टिप्पणी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?