+
+

प्रधानमन्त्री प्रचण्ड र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १९ गते १२:३१

१९ पुस, काठमाडौं । परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन काठमाडौं आएका भारतीय विदेशमन्त्री एस जयशंकरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटेपछि जयशंकर प्रधानमन्त्री प्रचण्डलाई भेट्न सिंहदरबार पुगेका थिए ।

भेटमा द्विपक्षीय हितका विभिन्न विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार रुपक सापकोटाका अनुसार प्रधानमन्त्री प्रचण्ड र विदेशसचिव जयशंकरबीच केहीबेर ‘वान अन वान’ समेत कुराकानी भएको थियो । उनले भने, ‘त्यो भेटमा पनि दुई देशको सम्बन्ध विस्तार र सहमति तथा समझदारीहरु कार्यान्वयनकै विषयमा कुराकानी भएको बुझेको छु ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?