+
+

पूर्वराजा ज्ञानेन्द्रलाई भैरहवामा नागरिक अभिनन्दन

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १९ गते १६:१९

१९ पुस, भैरहवा । पूर्वराजा ज्ञानेन्द्र शाहलाई रुपन्देहीको भैरहवामा नागरिक अभिनन्दन गरिएको छ ।

अभिनन्दन कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाह सहित, पूर्वरानी कोमल राज्य लक्ष्मी, छोरी प्रेरणा सहभागी भएका छन् ।

अभिनन्दनअघि विभिन्न ठाउँबाट स्वतस्फूर्त सहभागी भएका नागरिक तथा विभिन्न संघसंस्थाले झाँकी तथा सांस्कृतिक प्रस्तुति गरेका छन् ।

नागरिक अभिनन्दन समारोह मूल आयोजक समितिका संयोजक डा. रामप्रसाद बस्यालले जनताले पूर्वराजालाई मुलुकको अभिभावकको रुपमा चाहेको उल्लेख गरे ।

पूर्व सांसद गंगा चौधरीले दलहरु भ्रष्टाचारमा लिप्त भएकाले राजतन्त्रको पक्षमा जनसमर्थन बढेको दाबी गरिन् । कार्यक्रममा ‘राजा आउ देश बचाउ’ लगायतको नारा लगाइएको थियो ।

कार्यक्रममा रूपन्देही ३ का प्रतिनिधि सभा सदस्य दीपक बोहराको तर्फबाट स्वागत मन्तव्य राख्दै पूर्वमन्त्री निरन्जन थापाले मुलुकमा दलीय व्यवस्था असफल भएको आरोप लगाउँदै राजसंस्था पुनर्स्थापना गरी देशको नेतृत्व लिन आग्रह गरेका थिए ।

पूर्वराजा शाह गत पुस ८ गते भैरहवा आइपुगेका हुन् । उनी भैरहवास्थित होटल सिद्धार्थ भिलासामा बसेर धार्मिक तथा व्यक्तिगत भेटघाटलाई तीव्रता दिएका छन् ।

समारोहमा एमाले, कांग्रेस, माओवादी, तराई केन्द्रित दलका स्थानीय नेता कार्यकर्ताको सहभागिता छ । समारोहको संयोजक बस्याल पूर्वएमाले नेता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?