+
+

पूर्वराजा ज्ञानेन्द्र शाहले गरे देवघाटको भ्रमण

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २ गते २०:४७

२८ माघ, चितवन । विगत ४ दिनदेखि चितवनमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमल शाहले बुधबार दिउँसो देवघाट पुगेका छन् ।

परिवारका सदस्यसहित पूर्वराजा शाह कालीगण्डकी र त्रिशूली नदीको संगमस्थल देवघाट धाम पुगेर दर्शन गरेका हुन् ।

शाह डुंगा चढेर कालिगण्डकी पुगेका थिए । उनको स्वागतमा ९ जना कन्याहरुले स्वस्ती वाचन गरेका थिए । पूर्वराजा शाहको देवघाट भ्रमणको व्यवस्थापन राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डेले गरेका थिए । २८ माघमा चितवन आएका शाह  पटिहानीको सोल्टी होटलमा बस्दै आएका छन् । उनी मंगलबार भने सौराहा पुगेका थिए ।

गत बर्ष पनि उनी पटिहानी आएर ८ दिन बसेका थिए ।  चितवनमा रहँदा चितवन राष्ट्रिय निकुञ्जको भ्रमण, राप्ती नदीमा डुंगा शयर, विभिन्न सांस्कृतिक कार्यक्रमको अवलोकन गर्ने कार्यक्रम तय गरिएको छ ।

आगामी फागुन ७ गते पूर्व रानी कोमलको जन्मदिन परेकोले पटिहानीमा नै जन्मदिन मनाउने तयारीसमेत पूर्व राजा शाहको रहेको उनी छ ।

३२ वटा कोठा बुक गरेकोले उनका आफन्तहरु र नजिकैका मानिसहरु पनि यसपटक पटिहानी आउने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?