+
+

रुस र युक्रेनको श्रम स्वीकृतिमा रोक

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १९ गते १७:३८

१९ पुस, काठमाडौं । युद्धग्रस्त मुलुक रसिया र युक्रेनका लागि दिंदै आएको श्रम स्वीकृतिमा सरकारले रोक लगाएको छ ।

रसिया–युक्रेनबीच जारी युद्धका लागि नेपाली नागरिकहरु रुसी सेनामा भर्ना भइरहेको भन्दै दुई देशमा श्रम स्वीकृति दिन बन्द गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

विभागले सूचना जारी गर्दै यी दुई देशमा वैदेशिक रोजगारीका लागि दिंदै आएको संस्थागत वा व्यक्तिगत श्रम स्वीकृति अर्को सूचना नआएसम्मलाई स्थगन गरिएको विभागका महानिर्देशक डण्डुराज घिमिरेले जानकारी दिए ।

‘रुसी सेनामा गएर नेपालीहरुकाे मृत्यु भएको खबर आइरहेको छ’ उनले भने, ‘यस विषयमा अध्ययन तथा छानबिन पनि भइरहेकाले हाललाई श्रम स्वीकृति रोकेका छौं ।’

हालसम्म रुसी सेनमा गएर ९ जना नेपालीको मृत्यु भएको छ भने रुसी सेनामा भर्ना भएका ४ जना नेपाली युक्रेनी सेनाको कब्जामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?