+
+

नेपालस्थित भारतीय दूतावासलाई २० करोड खर्च गर्न दिने सम्झौतामा एमालेको आपत्ति

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २० गते १०:२६

२० पुस, काठमाडौं । भारतीय दूतावासले नेपालमा २० करोड रुपैयाँसम्मका आयोजनामा खर्च गर्न पाउने सम्बन्धी सम्झौतामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आपत्ति जनाएको छ । यो सम्झौताले अनावश्यक राजनीतिक हस्तक्षेप बढ्ने एमालेको आशंका छ ।

राज्य व्यवस्था समितिको शुक्रबार बिहानको बैठकमा नेकपा एमालेका सांसद रघुजी पन्तले भने, ‘यस सम्झौताले अनावश्यक र अवाञ्छित राजनीतिक प्रभाव, दबाव र हस्तक्षेपलाई निम्त्याउँछ र आन्तरिक मामिलामा बाह्य हस्तक्षेपलाई प्रवेश गर्ने वातावरण बनाउँछ ।’

भारतीय दूतावासले सुरुमा ३ करोड, ५ करोड हुँदै अहिले २० करोड रुपैयाँसम्म खर्च गर्न पाउने सम्झौताले एकदमै चिन्ता लागेको पन्तले बताए । यो सम्झौताले नेपालको स्वतन्त्र निर्णय गर्न सक्ने अधिकारलाई पनि रोक्ने भन्दै उनले प्रधानमन्त्रीलाई विचार गर्न आग्रह गरेका थिए ।

त्यसको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले भारतले आफूखुसी रकम खर्च गर्न नपाउने बताए ।

भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणको क्रममा बिहीबार काठमाडौंस्थित भारतीय दूतावासले सिधै २० करोडका योजनामा खर्च गर्न पाउने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । त्यसको सत्ता घटबन्धनकै एउटा घटक एकीकृत समाजवादीका नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले पनि सो सम्झौता राष्ट्रघाती भएको भन्दै आलोचना गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?