+
+

टी २० विश्वकप तयारीका लागि भारतले सहयोग गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २० गते ११:१२

२० पुस, काठमाडौं । आगामी जुन महिनामा हुने टी-२० विश्वकप खेल्ने तयारीमा रहेको नेपाललाई टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको तयारीको लागि भारतले सहयोग गर्ने भएको छ ।

नेपाल भ्रमणमा रहेका भारतका विदेशमन्त्री एस. जयशंकरले बिहीबार नेपाली क्रिकेट टोलीलाई भेट गर्दै विश्वकपमा छनोट भएकोमा बधाई दिँदै विश्वकप तयारीका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।

जयशंकरले ट्वीट गर्दै विश्वकपकाे तयारीका लागि भारतले सहयोग रहने विश्वाससहित र नेपालमा क्रिकेटको विकासको लागि पनि सहयोग गर्ने उल्लेख गरेका छन् ।

नेपाल भ्रमणका क्रममा रहेका जयशंकरले बिहीबार साँझ नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्कासहितका पदाधिकारी र कप्तान रोहित पाैडेलसहित खेलाडीहरूलाई भेटेका थिए ।

नेपालले ८ वर्षपछि टी-२० विश्वकपमा स्थान बनाएको हो । टी-२० विश्वकप जुनमा अमेरिका र वेष्टइन्डिजमा हुनेछ । क्यान र क्यानका सचिव पारस खड्काले पनि ट्वीट गर्दै क्रिकेट विकासमा दुई पक्षबीच छलफल भएको जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?