+
+

विश्वकप क्रिकेटको तयारी गर्न सरकारले क्यानलाई दियो ५ करोड

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २३ गते १७:५६

२३ फागुन, काठमाडौं । सरकारले आउँदो जेठमा अमेरिका र वेष्ट इण्डिजमा हुने टी-२० विश्वकपको तयारीका लागि ५ करोड रुपैयाँ विनियोजन गरेको छ ।

नेपाल क्रिकेट संघ क्यानले विश्वकपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको सहभागिताको तयारीका लागि सरकारबाट पाँच करोड तयारी बजेट विनियोजन भएको जानकारी दिँदै सरकारलाई धन्यवाद दिएको छ ।

क्यानले आफ्नो फेसबुक पेजमा लेखेको छ, ‘यस ऐतिहासिक कदमका लागि नेपाल सरकार सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य सचिव टंक लाल घिसिङ्ग ज्यूप्रति नेपाल क्रिकेट संघ (क्यान) हार्दिक आभार व्यक्त गर्दछ ।’

सरकारको यो साथ र सहयोगले समग्र नेपाली क्रिकेटको विकास र विस्तारमा महत्त्वपूर्ण योगदान पुग्ने क्यानले स्पष्ट पारेको छ ।

नेपाल विश्वकपमा छनोट भए लगत्तै प्रधानमन्त्री प्रचण्डले टिमको तयारीका लागि लाग्ने खर्चमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेको र अहिले त्यो प्रतिबद्धता परेको बताउँदै राखेपका सदस्य सचिव घिसिङ्गले अब खेलाडीले उच्च मनोबलका साथ तयारी गरेर विश्व कपमा उत्कृष्ट प्रदर्शन गरी नेपालको प्रतिष्ठा अझ अभिबृद्धि गर्ने विश्वास लिएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?