 
																			२० पुस, सर्लाही । सर्लाहीको बरहथवामा प्रदर्शनको क्रममा एकजना प्रदर्शनकारीको मृत्यु भएको छ ।
बरहथवा ६ स्थित प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नतिका लागि मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नगर कार्यपालिकाको निर्णय कार्यान्वयन गर्न माग गर्दै नेपाली कांग्रेससहितका दलले गरेको प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएको थियो ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले एकजना प्रदर्शनकारीको मृत्यु भएको पुष्टि गरे । मृततकको पहिचान खुलेको छैन ।
गोली लागेर मृत्यु भएको हो वा होइन भन्ने नखुलेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
अन्य केही व्यक्ति घाइते भएका छन् ।
आन्दोलनकारीले नगरपालिका कार्यालय तथा नगरप्रमुख कल्पनाकुमारी कटुवालको घरमा ढुङ्गामुढा भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्यास हान्नुका साथै हवाई फायर गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4