+
+

यशको फिल्म ‘टक्सिक’मार्फत साउथमा डेब्यु गर्ने तयारीमा करिना कपुर

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २० गते १७:५१

काठमाडौं । दक्षिण भारतीय सुपरस्टार यशको आगामी फिल्म ‘टक्सिक’मा करिना कपुर मुख्य भूमिकामा देखिन लागेको चर्चा गर्माएको छ । निर्माता करिनालाई शीर्ष नायिकामा लिन उत्सुक छन् र उनलाई साइन गराउन छलफलमा जुटेका छन् ।

इण्डिया टुडेका अनुसार यश र निर्माता ‘टक्सिक’ फिल्मलाई लार्जर द्यान लाइफ तुल्याउन एक यस्तो नाम चाहन्थे, जसमार्फत बृहत दर्शक सख्ंयालाई समेट्न सकियोस् । यदि करिनासँग कुरा मिल्यो भने यो उनको साउथ डेब्यु र यशसँग पहिलोपटक अपोजिटमा पनि देखिनेछिन् ।

यशले सामाजिक सञ्जालमा पोस्ट सेयर गर्दै ‘टक्सिक’ नामको घोषणा गरेका छन् । गीतु मोहनदासले निर्देशन गर्ने यो फिल्म १० अप्रिल २०२५ मा सिनेमाघरमा रिलिज हुनेछ ।

अभिनेता यशले इन्स्टाग्राममा एक भिडियोसँग शीर्षक घोषणा गर्दै लेखेका छन्, ‘तपाईं के खोज्दै हुनुहुन्छ त्यसले तपाईंलाई खोजिरहेको छ टक्सिक ।’ भिडियोमा उनलाई टोपी र मुखमा चुरोट लगाएको लुक्स देखाइएको छ ।

फिल्म केभिएन प्रोडक्सनले निर्माण गर्नेछ । यश सेप्टेम्बरमा फिल्मको प्रि-प्रोडक्सनका लागि लण्डन गएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?