+
+

राष्ट्रिय सभा निर्वाचनमा भागबन्डा गर्न सत्ता गठबन्धन छलफलमा

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २१ गते १०:२३

२१ पुस, काठमाडौं । राष्ट्रिय सभा सदस्यको निर्वाचनको भागबन्डा गर्न सत्ता गठबन्धनका नेताहरु छलफलमा जुटेका छन् ।

आगामी ११ फागुनमा हुने निर्वाचनका लागि भागबन्डा टुङ्गो लगाउन नेताहरू प्रधानमन्त्री निवास बालुवाटरमा छलफलमा जुटेका हुन् ।

बैठकमा कांग्रेस, माओवादी, जनता समाजवादी र एकीकृत समाजवादीका शीर्ष नेताहररु सहभागी भएका छन् ।

राष्ट्रिय सभा चुनावका लागि नेताहरूले यसअघि पनि निरन्तर छलफल गरिरहेका छन् । निर्वाचन नजिक आए पनि भागबन्डा भने मिलिसकेको छं ।

यसपटक राष्ट्रिय सभाको १९ सिटका लागि चुनाव हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?