+
+

ट्रायथलनको नेतृत्वमा निलेन्द्रको निरन्तरता

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २१ गते १८:५२

२१ पुस, काठमाडौं । नेपाल ट्रायथलन संघको अध्यक्षमा निलेन्द्रराज श्रेष्ठ पुन: चयन भएका छन् ।

शनिबार ललितपुरमा सम्पन्न साधारण सभाले संघको वरिष्ठ उपाध्यक्षमा दीपक कोइराला, उपाध्यक्षमा सुमन देवकोटा र धिरजप्रताप सिंह, सचिवमा मिकेन महर्जन र कोषाध्यक्षमा निरज श्रेष्ठलाई सर्वसम्मत चयन गरेको छ ।

यस्तै सदस्यहरुमा युवराज सुनुवार, सिर्जना त्रिपाठी, रेणुका देवी सिटौला, रचना सिंह, दिवाकर राज श्रेष्ठ, दामोदर अर्याल पनि निर्विरोध निर्वाचित भएका छन् ।

संघको शनिबार नै सम्पन्न बैठकले संघको विधान बमोजिम सदस्यहरु मध्येबाट अध्यक्षले चयन गर्ने महासचिवको पदमा युवराज सुनुवारलाई मनोनित गरेको छ ।

यस्तै उपाध्यक्षमा प्रकाश बराल, सुजिता बराल, सदस्यहरुमा गोपाल बहादुर बमजन, पुष्प रत्न बज्राचार्य, अमृत गुरुङ र प्रदेशबाट नेतृत्व गर्ने गरी बागमती प्रदेशबाट ज्ञानकृष्ण प्रजापति, गण्डकी प्रदेशबाट अनिता रानाभाट र कर्णाली प्रदेशबाट गणेश शाहीलाई मनोनित गरेको छ ।

लुम्बिनी प्रदेशबाट सदस्य चयन हुन बाँकी रहेको छ । ट्रायथलन संघमा प्रदेश संघका कार्यसमिति अध्यक्षहरु पदेन सदस्य रहने  व्यवस्था छ ।

संघको बैठकले विभिन्न समितिहरु पनि गठन गरेको छ । जसमा रचना सिंहको अध्यक्षतामा रेणुका देवी सिटौला र चाहना शाह सदस्य रहेको जेण्डर इक्विटी कमिसन, डा. सुशन बैद्यको अध्यक्षतामा एन्टी डोपिङ कमिसन रहेको छ ।

त्यस्तै डा. प्रेम वैद्यको अध्यक्षतामा डा. नमिता श्रेष्ठ र डा. उमेश पराजुली सदस्य रहेको मेडिकल कमिसन, शुभ श्रेष्ठको अध्यक्षतामा विनोद तण्डुकार सदस्य रहेको कोचेज कमिसन र पुष्प रत्न बज्राचार्यको अध्यक्षतामा अमिश महर्जन सदस्य रहेको टेक्निकल कमिसन गठन गरिएको संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?