+
+

राष्ट्रियसभा चुनावमा सिट भागवण्डाबारे सत्ता गठबन्धनमा छलफल जारी

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २१ गते १९:४८

२१ पुस, काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा सिट बाँडफाँटमा सहमति जुटाउन सत्ता गठबन्धनमा सहभागी दलहरुबीच छलफल जारी छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, जनमत पार्टी, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चासहित सरकारलाई समर्थन गर्ने दलहरुको बैठक बसेको हो ।

११ माघमा हुने राष्ट्रियसभा निर्वाचनमा मिलेर चुनाव लड्ने तयारीमा रहेका सत्ता गठबन्धनका दलहरुबीच शनिबार सिट बाँडफाँटका विषयमा छलफल भएको छ । सात प्रदेशमा १९ सदस्य चयनका लागि हुन लागेको निर्वाचनमा कुन दलले कति सिट लिने भन्ने विषयमा छलफल भइरहेको नेताहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?