+
+

‘भ्वाइस’को आजको एपिसोडबाट को फाइनलिस्ट बन्ला : मकर वा मोनिका ?

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २१ गते २०:०२

काठमाडौँ । ‘भ्वाइस अफ नेपाल’को पाँचौ सिजनले आज राती चार फाइनलिस्ट प्राप्त गर्दैछ । लाइभ राउण्ड अर्थात सेमिफाइनलको अन्तिम एपिसोडबाट मकर योञ्जन र मोनिका राईमध्ये एक फाइनलमा प्रवेश गर्नेछन् ।

यी दुबैजनाले कोच राजेशपायल राईको समूहको प्रतिनिधित्व गर्छन् । बढी भोट ल्याउने कुनै एकजना फिनालेमा प्रवेश गर्नेछन् । आजको पर्फमेन्सको अन्तिमसम्म भोटिङ खुला हुने जनाइएको छ ।

मकर र मोनिका को-भन्दा को कम प्रतिस्पर्धी हुन् । यी दुबैले ब्लाइण्ड अडिसनदेखि नै दमदार प्रस्तुति दिँदै आएका छन् । यदि मोनिका फिनालेमा प्रवेश गरिन् भने भ्वाइसले महिला फाइनलिस्ट प्राप्त गर्नेछ ।

आजको एपिसोड सकिएपछि फिनालेको समीकरणको तयार हुनेछ । त्यसपछि दर्शकले चारैजनालाई भोट गर्न सक्नेछन् । आगामी शुक्रबार ललितपुरको गोदावरीस्थित सनराइज हलमा फिनाले आयोजना गरिएको छ ।

फिनाले समारोहमा कोच, भ्वाइस किड्सका कोच, लोकस्टारका जज र फाइनलिस्टले प्रस्तुति दिने भएका छन् । तीन हजार सिट क्षमता भएको हलमा दर्शकले खल्ती एपबाट टिकट किनेर कार्यक्रम हेर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?