+
+

अमेरिकाले सुरु गर्‍यो १७१ वटा बोइङ विमानको प्राविधिक जाँच, उडान रोकियो

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २२ गते ९:४९

२२ पुस, काठमाडौं । अमेरिकाले प्राविधिक जाँच गर्नुपर्ने भन्दै १७१ वटा बोइङ विमानको उडान रोकेको छ ।

अलास्का एयरलाइन्सको विमान उडिरहेका बेला एक टुक्रा भाँचिएर अलग भएपछि अमेरिकाको संघीय उड्डयन प्रशासन (एभिएसन एडमिनिस्ट्रेसन- एफएए) ले १७१ वटा विमानलाई प्राविधिक जाँच पूरा नहुन्जेल उडानमा रोक लगाउने निर्णय गरेको हो ।

एफएएका अनुसार यो निर्णयबाट अमेरिकाका ‘बोइङ्ग ७३७ म्याक्स ९’ का १७१ विमान प्रभावित हुनेछन् ।

युनाइटेड एयरलाइन्सले आफ्ना ७९ वटा ‘बोइङ्ग ७३७ म्यास ९’ विमानमध्ये केहीको एफएएले प्राविधिक जाँच गरेको जनाएको छ । प्राविधिक जाँच गर्नुपर्दा ६० वटा उडान रद्द हुने सम्भावना छ । किनभने एउटा हवाई जहाज जाँच गर्दा चारदेखि आठ घण्टासम्म समय लाग्ने बताइएको छ ।

गत शुक्रबार अमेरिकाको पोर्टल्याण्ड (ओरेगान)बाट ओन्टारियो -क्यालिफोर्निया) गइरहेको अलास्का एयरलाइन्सको हवाई जहाजको एक हिस्सा हावाको दबावमा फुटेर जहाजबाट अलग भएको थियो । त्यसपछि हवाई जहाजलाई आकस्मिक अवतरण गराउनु परेको थियो ।

उक्त हवाई जहाजमा १७१ यात्री र चालक दलका ६ सदस्यहरु थिए । उनीहरु सबै सकुशल छन् ।

यो घटनालगत्तै अलास्का एयरलाइन्सले आफ्ना सबै ६५ वटा बोइङ विमानका उडान बन्द गरेको थियो । उसले प्राविधिक जाँच गराउने र फेरि उडान अनुमति नपाएसम्म सेवा बन्द गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?