+
+

इन्जिनियर रञ्जनसिंह शाहको आत्मकथा ‘मेरो सपना’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २२ गते १३:०४

काठमाडौं । वरिष्ठ इञ्जिनियर रञ्जनसिंह शाहको आत्मकथा ‘मेरो सपना’ सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा आयोजित समारोहमा पूर्वमन्त्री एवं परराष्ट्रविद् डा. भेषबहादुर थापा,  लेखक तथा होटल व्यवसायी कर्ण शाक्य, प्रा. डा. जीवराज पोखरेल र इन्जिनियर ईश्वरलाल जोशीले संयुक्त रुपमा पुस्तक लोकार्पण गरे ।

आत्मकथामा पेशाले आर्किटेक्ट इन्जिनियर शाहले आफ्नो सानैदेखिको आर्किटेक इन्जिनियर बन्ने सपना कसरी पूरा भयो र भावी पुस्ताले पनि नेपालको वास्तुकला (आर्किटेक)लाई कसरी विश्वमाझ चिनाउन सक्छन् भन्ने समेटिएको बताए ।

शाहले पाँच दशक आर्किटेक्ट इन्जिनियरमा बिताएका छन् । उनले त्रिभुवन विश्वविद्यालयबाट बीएस्सी गरेपछि भारतको बरुडास्थित एमएस विश्वविद्यालयबाट आर्किटेक्चरमा स्नातक र नेदरल्याण्ड्सबाट अर्किटेक्चरमा स्नाकोत्तर गरेका हुन् । सिंहदरबारमा आगलागी पछिको पुनः निर्माणमा उत्कृष्ट काम गरेबापत शाहलाई तत्कालीन राजा वीरेन्द्र शाहले उनलाई गोरखा दक्षिण बाहु तेस्रोबाट सम्मान गरेका थिए । एघारौं सार्क सम्मेलनमा खेलेको भूमिकाबापत भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीबाट समेत सम्मान र पुरस्कार प्राप्त गरेका छन् ।

समा प्रिन्टर्सबाट प्रकाशित आत्मकथा ‘मेरो सपना’  हाललाई पाठकमाझ नि:शुल्क वितरण गरिने जनाइएको छ । पुस्तकको सहलेखन डा. सृष्टि शाहले गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?