+
+

१० बैंकको वितरणयोग्य नाफा ऋणात्मक

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ९ गते १८:२०

९ वैशाख, काठमाडौं । तेस्रो त्रैमासिक वित्तीय विवरणलाई हेर्दा आगामी आर्थिक वर्ष पनि करिब आधा संख्याका बैंकले लाभांश दिन नसक्ने देखिन्छ । कुल २० वाणिज्य बैंकहरुमध्ये चैतसम्म १० को वितरणयोग्य नाफा ऋणात्मक छ ।

आफ्नो बिजनेसबाट तथ्यांकमा नाफा देखिसकेको, तर सो रकम अशुल हुन नसकेपछि वितरणयोग्य नाफा ऋणात्मक भएको हो । समयमै साँवा तथा ब्याज (पाकिसकेको नाफा) अशुल नहुँदा बैंकहरुको औसत वितरणयोग्य नाफा नै १० अर्ब ३९ करोड रुपैयाँ ऋणात्मक छ ।

समयमै उठ्न नसकेको साँवा तथा ब्याज रकम (निष्क्रिय कर्जा) बढेको बैंकहरुकै वित्तीय विवरणले पुष्टि गर्छ । बैंकहरुले समयमै उठाउन नसकेको साँवा तथा ब्याज रकम नै चैत मसान्तसम्म कुल कर्जामा ३.७२ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षको चैतसम्म यस्तो कर्जा २.९९ प्रतिशत थियो ।

यतिबेला बैंकहरुलाई कर्जा असुली नै मुख्य चुनौती रहेको माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइरालाले बताए । ‘चैतमा पनि असुलीमा समस्या नै देखियो, कर्जा असुली नहुँदा त्यसले लोन लस प्रोभिजन बढायो’ उनले भने ।

यद्यपि असार मसान्तसम्म बैंकहरु नउठेको कर्जा असुल गर्न लागिपर्ने छन् । एक आर्थिक वर्ष नै सकिने त्रैमास रहेकाले असार मसान्तसम्म धेरै बैंकको वितरणयोग्य नाफा पोजेटिभ हुने बैंकरको अनुमान छ । असार मसान्तसम्म पनि वित्तीय स्थितिमा यस्तै अवस्था रहेमा यो आर्थिक वर्ष आधा संख्याका बैंकहरुले कुनै लाभांश दिन सक्ने छैनन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?