+
+

राष्ट्रिय भलिबलमा सुदुरपश्चिम र बाग्मती प्रतियोगिताबाट बाहिरिए

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २२ गते १८:३३

२२ पुस, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा जारी ३४ औं राष्ट्रिय भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लबले बागमती प्रदेशलाई सोझो सेटमा हराएको छ

आइतबार भएको खेलमा नेपाल पुलिस क्लबले बागमती प्रदेशलाई २५–१०, २५–१३ र २५–१७ ले हराएउदै ६ अंक सहित समूह एको शीर्ष स्थानमा कायम रहेको छ ।

अर्को खेलमा गण्डकीले मधेश प्रदेशलाई पनि सोझो सेटमा हराएको छ । गण्डकीले मधेशमाथि २५–११, २५–१९ र २५–१३ को जीत निकालेको थियो । आइतबार भएको तेस्रो खेलमा एपीएफ क्लवले लुम्बिनी प्रदेशलाई ३–१ सेटमा हराएको छ ।

लुम्बिनीको कठिन चुनौतीको सामना गर्दै एपीएफले २५–२२, २३–२५, २५–२२ र २५–१५ ले लुम्बिनीमाथि जीत निकालेको हो ।

आजै भएको अर्को खेलमा त्रिभुवन आर्मीले सुदूरपश्चिम प्रदेशलाई ३–१ को सेटमा हराएको छ । आर्मीले सुदूरपश्चिमलाई २५–१५, २१–२५, २५–१४ र २५–१८ ले जितेको हो ।

प्रतियोगिता अन्तर्गत सोमबार मधेस र लुम्बिनी, नेपाल पुलिस र कोशी, बाग्मती र लुम्बिनी तथा त्रिभुवन आर्मी र कर्णालीबीच खेल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?