+
+

त्रिविको उपकुलपतिका लागि पुन: दरखास्त आह्वान

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २३ गते ६:५७

२३ पुस, काठमाडौं। त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि पुन: दरखास्त आह्वान भएको छ ।

उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले आज सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो ।

इच्छुक व्यक्तिले कार्यविधिमा उल्लिखित कागजातसहित सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र दरखास्त दिन सक्नेछन् ।

यसअघि प्रकाशित भएको दरखास्त आह्वानको सूचना रद्ध गरेर समितिले पुन: नयाँ सूचना जारी गरेको हो ।

समितिले यही पुस २० गते शुक्रबार सूचना जारी गर्दै उपकुलपतिका लागि दरखास्त आह्वान गरेको थियो । प्रावधानबारे विवाद भएपछि आइतबार रद्द भएको सूचना जारी गरिएको थियो ।

गत शुक्रबार प्रकाशित सूचनामा ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको (वर्ष, महिना र दिनसमेत) व्यहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि) पेस गर्न सूचना निकालेपछि त्यसको विरोध भएको थियो ।

विवाद सिर्जना भएपछि कुलपति एवम् प्रधानमन्त्री प्रचण्डले नै सच्याएर अर्को सूचना निकाल्न निर्देशन दिएका थिए । सोहीअनुसार पुरानो प्रक्रिया रद्द गरी नयाँ सूचना निकालिएको हो ।

नयाँ सूचनामा कुनै प्रावधान उल्लेख नगरी ‘छनोट तथा सिफारिससम्बन्धी कार्यविधि-२०८० बमोजिम उपकुलपतिको पदमा दरखास्त दिन इच्छुक र योग्य व्यक्तिबाट दरखास्त आह्वान गरिएको छ’ भनिएको छ ।

र, कागजातका सन्दर्भमा कार्यविधिमा उल्लिखित कागजातसहित दरखास्त दिन भनिए छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?