+
+

मधेशमा एमालेबाट विजेता र उषाले गरिन् मनोनयन दर्ता

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २३ गते १४:४९

२३ पुस, जनकपुरधाम । राष्ट्रिय सभा सदस्यका लागि मधेश प्रदेशमा एमालेबाट अन्य तर्फ विजेता झा र महिलाकोतर्फ उषा देवी थरुनीले मनोनयन दर्ता गराएका छन् ।

मधेश प्रदेशमा रिक्त अन्य र महिलातर्फको रिक्त पदका लागि एमालेले दुवै महिलाले मनोनयन दर्ता गराएकी हुन् ।

एमालेले अन्यतर्फ अर्जुन सिंह राजपुतलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर, सिंह उम्मेदवारी दर्ता गराउन आउँदा मतदाता नामावलीमा नाम नभेटिएपछि उनको उम्मेदवारी दर्ता भएन । उनको स्थामा एमालेले विजेता झालाई उम्मेदवार बनाएको हो ।

मनोनयन दर्ता गराएको झा धनुषाकी हुन् भने थरुनी पर्साकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?