+
+

कृष्णप्रसाद सिटौला राष्ट्रिय सभाको अध्‍यक्ष बन्‍ने शेखर कोइरालाको दाबी

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २३ गते १९:४४

२२ पुस, विराटनगर। राष्ट्रिय सभा सदस्य उम्मेदवार कृष्णप्रसाद सिटौला राष्ट्रिय सभा अध्यक्ष बन्ने नेताहरूले बताएका छन् ।

सोमबार मनोनयन दर्तापछि बसेको गठबन्धन दलको बैठकमा नेताहरूले सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउनका लागि उम्मेदवार बनाएको बताएका हुन् ।

बैठकमा उम्मेदवार छनोटमा असन्तुष्टि जनाएका नेता डाक्टर शेखर कोइराला पनि थिए । उनले सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउनका लागि उम्मेदवार बनाएको बताए ।

आफू हारेकालाई उम्मेदवार बनाउने पक्षमा नरहेको बताउँदै उनले सिटौलाको योगदानको इतिहास हेरेर सहमत भएको बताए ।

गठबन्धनमा सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउने सहमति भएको उनको भनाइ छ ।

बैठकमा सहभागी महामन्त्री विश्वप्रकाश शर्माले पनि सिटौलाले अब राष्ट्रिय सभाको नेतृत्व गर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?