+
+

प्राधिकरणले भन्यो-किस्ताबन्दीमा बक्यौता बुझाउने भए ३० दिनभित्र आवेदन दिनू

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २४ गते ६:५७

२४ पुस, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले किस्ताबन्दीमा बक्यौता रकम बुझाउने सुविधा लिनेका लागि ३० दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ ।

यही पुस १६ गतेको प्राधिकरणको बैठकले विद्युत सेवा प्राप्त गरी बक्यौता रकम बाँकी रहेका लागि किस्ताबन्दीमा रकम बुझाउने व्यवस्था गर्ने निर्णय गरेको थियो ।

निर्णय अनुसार प्राधिकरणका विभिन्न संचरणाबाट विद्युत सेवा प्राप्त गरेका सेवाग्राहीका लागि बढीमा ६० महिनासम्मको किस्ताबन्दीको व्यवस्था गरिनेछ ।

यो सेवा लिनका लागि प्राधिकरणको सम्बन्धित वितरण केन्द्रमा ३० दिनभित्र आवेदन दिन सूचना जारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?