+
+

नेपालको युवा फुटबल टोलीले चिनियाँ प्रादेशिक युवा टोलीसँग मेत्रीपूर्ण खेल खेल्ने

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २४ गते १२:२१

२३ पुस, काठमाडौं । नेपाली राष्ट्रिय युवा फुटबल टोलीले चीनको किङ्घाई युथ फुटबल टिमसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

चाइनिज न्यु इयरको अवसरमा आगामी फेब्रुअरी १० मा काठमाडौंको दशरथ रंगशालमा उक्त खेल हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

नेपालमा रहेको चिनियाँ राजदूत, राष्ट्रिय खेलकुद परिषद (राखेप) र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा दुई टोलीबीच मैत्रीपूर्ण खेल हुन लागेको हो ।

एन्फाले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत खेलका बारेमा जानकारी गराएको हो ।

तर नेपालको कुन उमेर समूहको युवा टिम भन्ने खुलाएको छैन ।

प्राविधिक टोलीले नेपालको कुन युवा टोलीले खेल्ने पछि निर्णय गर्ने एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए ।

एन्फा र नेपाल ओभरसिज चिनियाँ संघ खेलको सहआयोजकमा छन् ।

मैत्रीपूर्ण खेल दशरथ रंगशालमा दिउँसो ३ बजे हुनेछ । खेलको लागि  साधारण प्याराफिटतर्फत ३ सय र भीआईपी प्याराफिटतर्फ ५ सय रुपैयाँ टिकट मूल्य तोकिएको एन्फाले जनाएको छ ।

खेलअघि उद्घाटन समारोह र यस्तै हाफ टाइममा पनि नेपाल र चीनबाट विभिन्न  विशेष प्रस्तुतिहरु समावेश हुने एन्फाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?