+
+

विश्वकपमा छनोटमा नेपालले आज बहराइनसँग खेल्दै, युवा खेलाडीको परिक्षा

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०८० चैत ८ गते ९:४१

८ चैत, मानमा (बहराइन) । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपालले आज बहराइनसँग खेल्दैछ ।

समूह एच अन्तर्गतको यस खेल बहराइनको स्थानीय समय अनुसार राति १० बजे (नेपाली समय मध्यरात १२:४५) बजे सुरु हुनेछ । खेल बहराइनको रिफास्थित राष्ट्रिय रंगशालमा हुनेछ ।

आज हुने खेल खेल नेपालको होम म्याच रुपमा हुनेछ । किनभने होम एण्ड अवेका आधारमा हुने छनोटअन्तर्गत नेपालले बिहीबारको खेल घरेलु मैदान दशरथ रंगशालमा खेल्नुपर्ने थियो । तर, दशरथ रंगशालको मैदानको अवस्था छनोटको खेल खेलाउने स्तरको नभएकोले नेपालले होम म्याच पनि बहराइनमै खेल्न लागेको हो ।

नेपालले बहराइनसँगको अवे म्याच अर्को साता बहराइनमै खेल्नेछ ।

समूह एचमा नेपालले यसअघि खेलेका दुवै खेलमा हार बेहोरेको थियो र अंकविहीन छ । पहिलो खेल युएईसँग अवे मैदानमा ४-० ले पराजित भएको नेपाल घरेलु मैदानमा भएको दोस्रो खेलमा यमनसँग पनि २-० ले पराजित भएको थियो ।

बहराइनले भने एक जित र एक हारको नतिजा निकालेको छ । पहिलो खेलमा यमनलाई २-० ले हराएको बहराइन दोस्रो खेलमा यसएईसँग २-० ले पराजित भएको थियो । समूह एचमा बहराइन २ खेलबाट ३ अंकसहित दोस्रो स्थानमा छ ।

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले छोटो समयमको तयारी भएको भन्दै राम्रो प्रदर्शन गर्ने प्रयास रहने बताए । ‘हामी नतिजा भन्दा पनि राम्रो प्रदर्शन गर्ने प्रयास गर्नेछौँ । टिममा धेरै नयाँ खेलाडीहरु छन् । नयाँ खेलाडीले डेब्यु गर्ने सम्भावना छ,’ उनले भने ।

यस्तै नेपाली टिममा १६ खेलाडी २२-२३ वर्षका भएको भन्दै उनीहरुको लागि यो एक्सपोजर लिने राम्रो अवसर भएको बताए ।

‘हाम्रो टिम युवा छ । चार खेलाडीसँग मात्र यस्तो खालको प्रतियोगितामा धेरै खेल खेलेको अनुभव छ । धेरै खेलाडीका लागि यो विश्वकप छनोटमा सिनियर टिमबाट डेब्यु गर्ने अवसर हुनेछ,’ एनेसले भने, ‘म मेरो खेलाडीप्रति कन्फिडेन्ट छु र उनीहरुमाथि मलाई विश्वास छ ।’ एनेस राम्रो टिम रहेकोले पछिल्लो खेलमा उसले राम्रो खेलेको पनि बताए ।

बहराइन आउनुअघि मलेसियासँग अभ्यास खेल खेलेको र उक्त खेलबाट धेरै कुरा सिक्ने अवसर पाएको बताए ।

नेपाली टिममा कप्तान किरण कुमार लिम्बुसहित अन्जन विष्ट अनन्त तामाङ भरत खवास सबैभन्दा अनुभवी खेलाडी छन् ।

नेपालका कप्तान किरण कुमार लिम्बुले बहराइनसँगको खेल कठिन हुने बताए । ‘कोचले भने जस्तै छोटो समयको तयारी भयो । धेरै टफ म्याच हुनेछ । बहराइनसँग २ खेल खेल्दैछौं । हामीले उनीहरुलाई सम्मान गर्नुपर्छ । राम्रो प्रदर्शन गर्ने प्रयास गर्नेछौं ।’

कप्तान किरणले घरेलु मैदानमा खेल्न नपाउँदा धेरै कुराहरु मिस हुने बताए । ‘हामीले घरेलु मैदानमा खेल्न नपाउँदा धेरै गुमाउछौं । घरेलु मैदानमा खेल भएको भए हाम्रो योङ खेलाडीले अझ राम्रो दिन सक्थ्यो,’ किरणले प्रि म्याच कन्फेरेन्समा भने ।

उनले एक सातामा अवे मैदानमा दुई खेल खेल्नु चुनौतीपूर्ण भएको भन्दै टिमले राम्रो प्रदर्शनकै लागि खेल्ने बताए । ‘एक सातामा हामीले बहराइनसँग उनीहरुकै मैदानमा दुई खेल खेल्नुछ । ठूलो टिमसँग बाहिर खेल्दा गाह्रो त हुन्छ । अब हामीले हाम्रो तर्फबाट राम्रो प्रदर्शन गर्ने प्रयास गर्नेछौँ,’ किरणले भने, ‘हाम्रो टिममा ४ जना बाहेक अरु खेलाडी युवा छन् । धेरै जना डेब्युको प्र्खाईमा छन् । मलेसियासँगको खेलले पनि धेरै कुरा सिकाएको छ र नयाँ खेलाडीहरुलाई पनि अवसर छ ।’

किरणले दुवै म्याच अवे मैदानमा खेल्दा अली अनकन्फरटेबल हुने भएपनि कोचको रणनीति अनुसार खेलाडीहरुले जति सक्छौँ त्यसमा शतप्रतशित दिएर खेल्ने बताए ।

ड्रागन तालाभिकले नेपालसँगको खेलका लागि आफ्नो टिम तयार रहेको बताए । हामी यस खेलका लागि राम्रोसँग तयार छौँ । यस भन्दा अघिका कोचहरुले जे गर्नुभयो त्यसका लागि धन्यवाद ।

क्रोएसियन नागरिक तालाभिकले बहराइन नेपालको तुलानामा आफ्नो टिम बलियो भएपनि अहिले नै खातामा ६ अंक आएको कल्पना गर्न नहुने बताए । ‘हाम्रो खातामा ६ अंक आउँछ भनेर सोच्नु हुन्न । किनकी हामीले वस्तविकता बुझ्नुर्छ र यदी हामीले ६ अंक जोड्ने हो भने कडा फाइट गर्नुपर्छ,’ नेपाल सँगको खेलको नतिजाको बारेमा सोध्दा तालाभिकले भने, ‘निश्चय पनि नेपाल भन्दा हाम्रो टिम राम्रो छ र क्षमता पनि छ । तर यो पेपरमा मात्र हो र हामीले मैदानमा पनि त्यो देखाउनुपर्छ ।’

उनले नेपाल विरुद्ध आफ्नो टिमले दुई खेलमा राम्रो प्रदर्शन गर्ने आशा व्यक्त गरे । ‘हामीलाई ६ अंक आवश्यक छ तर यो सजिलो हुने छैन । कुनै पनि टिमविरुद्ध सहज हुँदैन । तर, हामीले राम्रोसँग तयारी गरेका छौं,’ उनले भने ।

फिफा वरीयतामा नेपाल भन्दा बहराइन ९३ स्थान माथि छ । पछिल्लो वरीयतामा सुधार गरेको बहराइन हाल ८२औं स्थानमा छ भने नेपाल १७५औं स्थानमा छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?