+
+

बम्जनका अनुयायीलाई सीआईबी कार्यालय नजिकबाट प्रहरीले हटायो

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २५ गते ११:१९

२५ पुस, काठमाडौं । अनुयायी बेपत्ता पारेको आरोपमा पक्राउ परेका रामबहादुर बम्जनका समर्थकहरु केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीको कार्यालय नजिक भेला भएका छन् । उनका समर्थकहरु ठूलो संख्यामा रहेकाले प्रहरी पनि उल्लेख्य संख्यामा परिचालन गरिएको छ ।

बमजनलाई भेट्न भन्दै बोधी श्रवण धर्म संघको नेतृत्वमा उनका अनुयायीहरु सीआईबी कार्यालयमा पुगेका छन् । प्रहरीले बमजनका अनुयायीहरुलाई सीआईबी आसपासबाट हटाएको छ ।

बमजनका समर्थकहरु सीआईबी कार्यालयमा भेला भएर भीडभाड भएपछि प्रहरीले रोकेको जनाएको छ । अत्यधिक भीडभाड भएपछि उनीहरुलाई प्रहरीले नजिकै रहेको कान्ति साँस्कृतिक केन्द्रको खाली ठाउँमा पठाएको छ ।

सो स्थानमा प्रहरी वृत्त प्रहरी महाराजगञ्जको टोली सहित उल्लेख्य संख्यामा प्रहरी परिचालित छन् ।

सीआईबीका प्रवक्ता एसपी नवराज अधिकारीले बमजनका अनुयायीहरुलाई सीआईबी कार्यालय आसपासबाट हटाइएको बताए । उनको बारेमा सीआईबीले पत्रकार सम्मेलन गरेर विस्तृतमा जानकारी दिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?