+
+

आठौं झिल्टुङ क्रसकन्ट्री दौड माघ पहिलो साता

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २५ गते २०:३३

२५ पुस, काठमाडौं । नुवाकोटको बेलकोटगढी नगरपालिका-५ को आयोजनामा आठौं झिल्टुङ क्रसकन्ट्री दौड माघ पहिलो सता हुने भएको छ ।

आयोजकले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता माघ ६ गते बेलकोटगढी नगरपालिका वडा नम्बर ५ मा हुने जानकारी दिएको हो ।

प्रतियोगिताको प्राविधिक सहयोग तथा संयोजन एथलेटिक्स परिवार नेपालले गर्नेछ । दौडको दूरी १३.४ किलोमिटर रहेको छ । त्यसमा ४.५ किमी उकालो, २ किमी सम्म र बाँकी ६.९ किमी ओरालो रहेको छ ।

प्रतियोगितामा खुल्ला महिला/ पुरुष, स्थानीय पुरुष, भेट्रान खुल्ला पुरुष, खुल्ला जुनियर १६ वर्ष मुनिका छात्रा/छात्र, स्थानीय १६ वर्ष मुनिका छात्रा/ छात्र, ४५ वर्षमाथिका स्थानिय पुरुष र स्थानिय आमा समूह गरी १० विधा समेटिएको छ ।

छात्र/छात्तालाई मध्यनगर गरी ४.५ किमीको रन फर फन र विशेष आकर्षणको रुपमा स्थानिय आमा समूह र बा समूहको दौड पनि समावेश छन् ।

त्यसमध्ये जसमा खुल्ला महिला/ पुरुष, स्थानीय पुरुष, भेट्रान खुल्ला पुरुष १३.४ तथा अन्य ४.५ किमीको हुनेछ ।

दौड वडा नम्बर ५ स्थित कोल्पुटारबाट सुरु भई बेलिनी, छाप, राजओडार, खड्गाछाप, सालचौर हुँदै फेरि कोल्पुटारमा आएर समाप्त हुने दौडका संयोजक मदन नेपालले जानकारी दिए ।

खुल्ला महिला/ पुरुषतर्फको विजेताले १५ हजार, उपविजेताले  १० हजार र तेस्रो हुनेले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । स्थानिय खुल्लातर्फ पुरुषको विजेतालाई १० हजार, उपविजेतालाई ७ हजार र तेस्रो हुनेलाई ५ हजार पाउनेछन् ।

यस्तै भेट्रान खुल्ला पुरुषतर्फका शीर्ष तीनले ८ हजार, ६ हजार र ४ हजार पाउनेछन् । खुल्ला जुनियर १६ वर्षमुनिका छात्रा/ छात्र, स्थानीय १६ वर्षमुनिका छात्र/रछात्र तथा ४५ वर्षमाथिका स्थानिय पुरुषतर्फका शीर्ष तीनलाई ६ हजार,४ हजार र दुई हजार प्रदान गरिनेछ ।

स्थानीय आमा समूहतर्फको विजेताले १२ हजार, उपविजेताले ९ हजार र तेस्रो स्थान हासिल गर्नेले ६ हजार प्राप्त गर्नेछन् ।

प्रतियोगिता सञ्चालनका लागि करिब ७ लाख बजेट लाग्ने बेलकोटगढी नगरपालिका वडा नम्बर ५ का अध्यक्ष मदन भुजेलले जानकारी लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?