+
+

रोहितले आर्मी छोडे, एपीएफबाट प्रधानमन्त्री कप खेल्ने

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २६ गते ११:४०

२६ पुस, काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले विभागीय क्लब आर्मी छोड्दै अर्को विभागीय क्लब एपीएफबाट खेल्ने भएका छन् ।

रोहितले केही वर्ष यता आर्मीबाट खेल्दै आए पनि केही दिन अघि मात्रै आर्मी छाडेर एपीएफमा आबद्ध भएको आर्मीका क्रिकेट प्रशिक्षक चन्द्र सावदले अनलाइनखबरलाई जानकारी दिए । उनले सन् २०१८ मा एपीएफबाट खेल्दै प्रधानमन्त्री कपको उपाधि जितेका थिए ।

‘रोहितले केही दिनअघि नै आर्मी छोडेर एपीएफमा आवद्ध भएका हुन्,’ सावदले भने, ‘उनले आगामी प्रधानमन्त्री कप एपीएफ क्लबबाट खेल्ने छन् ।’

रोहित हाल राष्ट्रिय टिमको कप्तान छन् । उनकै कप्तानीमा नेपालले एकदिवसीय मान्यता जोगाउनुको साथै, टी–२० विश्वकपमा छनोट भएएको र पहिलो पटक एसिया कप खेलेको थियो ।

रोहितसँगै, हरि चौहान, सुशन भारी र विक्रम सोबलाई आर्मीको टिममा देख्न पाइने छैन । हरि चौहानले केही महिनाअघि नै आर्मी छोडेका थिए भने सुशन र विक्रम सोब आर्मी छोडेर अष्ट्रेलिया पलायन भएका छन् ।

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता शनिबारदेखि सुरु हुँदै छ । प्रतियोगिता राउन्ड रोविन प्रणालीमा रहेर ४६ वटा खेल हुनेछन् । त्रिवि क्रिकेट मैदान, मूलपानी र भैरहवामा यो प्रतियोगिता सञ्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?