+
+
टी-२० आई सिरिज :

नामिबियाविरुद्ध नेपाललाई दोस्रो सफलता

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १५ गते १२:११

१५ फागुन, काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध नेपालले दोस्रो सफलता पाएको छ । कप्तान रोहितकुमार पौडेलले नेपाललाई दोस्रो सफलता दिलाएका हुन् ।

उनले ८.२ ओभरमा जेपी कोट्जेलाई विवेक यादवको हातबाट क्याच आउट गराए । विवेकले बाउन्ड्री लाइन नजिकै ड्राइभ हानेर उत्कृष्ट क्याच लिए ।

कोट्जेले आउट हुनुअघि ९ बलमा ११ रन बनाए । नामिबियाको स्कोर ४९ रन छ ।

यसअघि करण केसीले माइकल भान लिंगेनलाई आउट गरेका थिए । आउट हुनुअघि लिंगेनले १९ बलमा २० रन बनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?