+
+
Shares

मैले फसाएको गेम हो, निकाल्नुपर्छ भनेर बल मागेँ : करण केसी

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १८ गते १६:२३

१८ फागुन, काठमाडौं। त्रिकोणात्मक टी–२० सिरिजको तेस्रो खेलमा नेपालले नामिबियामाथि ३ रनको रोमाञ्चक जित हात पारेको छ ।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा १८१ रनको लक्ष्य पछ्याएको नामिबियालाई अन्तिम ओभरमा १२ रन चाहिएको थियो । जेन ग्रिन २१ र रुबेन ट्रम्पलम्यान १३ रनमा क्रिजमा थिए ।

कप्तान रोहितकुमार पौडेलले करण केसीलाई बल थमाए । जबकी एक विकेट लिए पनि धेरै रन दिएका थिए ।

पहिलो ओभरमा ९ रन दिएका उनले आफ्नो दोस्रो तथा नेपालको छैटौं ओभरमा एक विकेट लिएर १० रन दिए । आफ्नो तेस्रो अनि टिमको १५औं ओभरमा २३ रन दिए । तर अन्तिम ओभरमा उनले उत्कृष्ट बलिङ गर्दै ८ रन दिएर १ विकेट लिए ।

यससँगै नेपाल ३ रनले विजयी भयो । ‘मैले नै फसाएको गेम हो, मैले नै निकाल्नुपर्छ भन्ने फिल भयो’ खेलपछि करणले भने, ‘त्यसैले मैले नै रोहितलाई म फाल्छु (बलिङ गर्छु) भनेँ ।’

कप्तानले पनि विश्वास गरेर बल दिएको उनले सुनाए । हरेक बल फाल्ने क्रममा करण, कप्तान रोहित र दीपेन्द्र सिंह ऐरीबीच कुराकानी गरेका थिए । ‘कुरा एउटै बलको भइरहेको थियो’ हरेक बलमा तीन जनाबीच कुरा गर्नु कारण उनले खुलाए, ‘ब्याट्सम्यानको दिमागलाई अलिकति डाउट पनि हुन्छ भनेर हो ।’

यसअघि लिग टूको पछिल्लो तीन र त्रिकोणात्मक श्रृखलाको दुई खेलमा नेपाल पराजित भएको थियो । दोस्रो टी–२० मा त नेदरल्याण्ड्ससँग २ रनले पराजित भएको थियो ।

यसबारे करणले भने, ‘टिमकै रुपमा हाम्रो ब्याड टाइम चलिरहेको छ जस्तो लाग्छ । प्रयास गरिराखौं, जुन दिन टाइम आउँछ, त्यो जित जित्छौं भन्ने फिल थियो ।’

‘राम्रो खेल्दाखेल्दा पनि हामीले जित्न सकिरहेको अवस्थामा बदलाब आएको भन्दै उनले अगाडि भने, ‘आज जित भयो, जित राख्छ र फाइनल पनि जित्छौं ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?