+

अन्तर्राष्ट्रिय क्रिकेटमा करणको २ सय विकेट पूरा

२०८३ वैशाख  १३ गते १२:१९ २०८३ वैशाख १३ गते १२:१९
अन्तर्राष्ट्रिय क्रिकेटमा करणको २ सय विकेट पूरा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली क्रिकेटर करण केसीले अन्तर्राष्ट्रिय क्रिकेटमा २ सय विकेट पुरा गरेका छन्।
  • करणले १५४ खेलमा ९५ ओडिआई र १०६ टी–२०आई विकेट लिएका छन्।
  • शनिबार यूएईसँगको ओडीआई खेलमा ४ विकेट लिएर नेपालले यूएईलाई पराजित गरेको थियो।

१३ वैशाख, काठमाडौं । नेपाली क्रिकेटर करण केसीले अन्तर्राष्ट्रिय क्रिकेटमा २ सय विकेट पुरा गरेका छन् ।

सन् २०१५ मा टी–२०आईबाट अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका करणले ओडिआई र टी–२०आईमा गरेर २ सय विकेट पूरा गरेका हुन् ।

करणले १५४ खेलमा २०१ विकेट लिएका छन् । ६६ ओडिआईमा ९५ र ८८ टी–२०आईमा १०६ विकेट लिएका छन् ।

उनले शनिबार भएको यूएईसँगको ओडीआई खेलमा ४ विकेट लिएर शानदार प्रदर्शन गरेका थिए ।

त्यही प्रदर्शनमा नेपालले यूएईलाई पराजित गरेको थियो ।

करण केसी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय