+
+

नामिबियाका कप्तान भन्छन्- नेपालकाे उपाधि सम्भावना धेरै

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २० गते १६:०१

२० फागुन, काठमाडौं । नामिबियाका कार्यवाहक कप्तान जेजे स्मिथले त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनल जित्ने सम्भावना नेपालको बढी रहेको बताएका छन् । मंगलबार फाइनलमा नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ ।

आइतबार वर्षाको कारण नेदरल्यान्ड्ससँगको खेल रद्द हुँदै बाहिरिएपछि पत्रकारसँगको कुराकानीमा जेजेले भने, ‘एउटा रोज्न कठिन छ । दर्शकको कारण नेपालको सम्भावना बढी रहन्छ । नेपालसँग दुई खेलमा दुई जितको मोमेन्ट्स छ । मलाई लाग्छ नेपालको सम्भावना बढी छ ।’

नेदरल्यान्ड्स ४ खेलमा ५ अंकका साथ शीर्षस्थान र नेपाल ४ अंकका साथ दोस्रो स्थानमा रहँदै फाइनलमा  पुगेका हुन् । आइतबारको खेल वर्षाका कारण रद्द भएपछि नामिबिया ३ अंकका साथ पुछारमा रहेर बाहिरिएको थियो ।

नेपाल सुरुवाती दुई खेलमा नामिबियासँग २० रन र नेदरल्यान्ड्ससँग २ रनले हार्न पुगेको थियो । तर पछि प्रतियोगितामा पुनरागमन गरेको नेपाल नामिबियालाई ३ रन र नेदरल्यान्ड्सलाई ६ विकेटले हराउँदै फाइनलमा पुगेको थियो ।

नामिबियाका नियमित कप्तान जेराल्ड इरास्मले चोटका कारण टी-२० आई खेलेका थिएनन् । इरास्मसलाई मिस गरेको जेजे बताउँछन् ।

‘पक्कै पनि जेराल्डलाई धेरै मिस गर्‍यौं । उनी टिमका लिडर हुन् । उनलाई रिकभरको लागि आवश्यक पनि थियो । उनी चाँडै टोलीमा फिर्ता हुनेछन्’, उनले भने ।

जेजेले नेपाली दर्शकको पनि खुलेर तारिफ गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?