+
+

नामिबियाविरुद्ध नेपाललाई तेस्रो, रोहितलाई दोस्रो सफलता

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १५ गते १२:२३

१५ फागुन, काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध नेपालले तेस्रो विकेट लिएको छ ।

कप्तान रोहितकुमार पौडेलले व्यक्तिगत दोस्रो विकेट लिने क्रममा जान फ्रिलिंकलाई विकेट किपर आसिफ शेखको हातबाट क्याच गराए ।

१०.४ ओभरमा आउट हुनुअघि फ्रिलिंकले ७ बलमा मात्र ५ रन बनाए । उनी आउट हुँदा नामिबिया ६२ रनको स्थितिमा छ ।

यो रोहितको दोस्रो सफलता हो । यसअघि उनले ८.२ ओभरमा जेपी कोट्जेलाई विवेक यादवको हातबाट क्याच आउट गराएका थिए ।

यसअघि करण केसीले माइकल भान लिंगेनलाई २० रनमा आउट गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?