+
+

नामिबियाविरुद्ध स्पिनर नखेलाउने निर्णयको रोहितले गरे बचाउ

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १५ गते १६:०३

१५ फागुन, काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले टी-२० आई सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध स्पिनर नखेलाउने निर्णयको बचाउ गरेका छन् ।

त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाल प्रमुख स्पिनर ललित राजवंशी बिना नै मैदान उत्रिएको थियो ।

यो खेलमा टस जितेर पहिला ब्याटिङ गरेको नामिबियाले निकोल लोफ्टी इटनको विश्व कीर्तिमानी शतकसँगै निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०६ रन बनायो ।

नामिबियालाई ११ ओभरमा ६६–३ को अवस्थामा राखेको थियो । १० औं ओभरको चौथो बलमा जान फ्रेलिंक रोहितको बलमा ५ रनमा बोल्ड भएपछि लोफ्टी ब्याटिङमा आएका थिए ।

लोफ्टीले ३३ बलमा ११ चौका र ८ छक्कासहित सबैभन्दा छिटो शतक पूरा गर्ने कीर्तिमानी आफ्नो नाममा लेखाए ।

कुशल मल्लको ३४ बलको कीर्तिमान तोड्दै उनले ३३ बलमै शतक पूरा गरे ।  लोफ्टीको प्रशंशा गर्दै रोहितले भने, ‘सुरुवात देखिनै हरेक सट खेलेको थियो । यसको श्रेय उसलाई दिनुपर्छ । उसले मिहिनेत पनि गर्‍यो होला । तर डेथ ओभरमा अझै राम्रो बलिङ गर्न सकिन्थ्यो ।”

नामिबियाको टिममा बायाँ हाते ब्याटर धेरै भएकाले स्पिनर नखेलाएको रोहितले प्रष्ट पारे । ‘मलाई लाग्छ उताको टोली हेर्नुहुन्छ भने धेरै लेफ्टी ब्याटर थिए । शीर्ष ६ ब्याटरमा ३-४ जना लेफ्टी हुनुन्छ । त्यसले गर्दा प्रमुख स्पिनर नखेलाउने निर्णय लिएका हौं । विकेट एकदमै राम्रो छ । टिम छनोट मलाई ठिक लाग्यो ।’

पार्टटाइम स्पिनर कप्तान आफैंले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिएका थिए ।  दीपेन्द्रले ४ ओभरमा ३२ र कुशल मल्लले १ ओभरमा ७ रन खर्चेका थिए ।

नामिबियाले दिएको २०७ रनको लक्ष्य पछ्याएको नेपाल १८.५ ओभरमा १८६ रनमा अल आउट हुँदै २० रनले पराजित भएको थियो । नामिबियाका बायाँ हाते तिव्र गतिका बलर रुबेन ट्रम्पलम्यानले ४ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?