+
+

हारबारे रोहितको प्रतिक्रिया : टप अर्डरले जिम्मेवारी लिन सकेन

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ३ गते १६:१७

३ फागुन, काठमाडौं । नेपालका कप्तान रोहितकुमार पौडेलले टप अर्डरका ब्याट्सम्यानले जिम्मेवारी लिन नसकेको बताएका छन् ।

क्रिकेट वल्र्डकप लिग टूको पहिलो खेलमा बिहीबार नामिबियाले नेपाललाई ४ विकेटले हराएको छ । खेलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कप्तान रोहितले खेलमा सुरुको ४५ मिनेट महत्वपूर्ण भएको बताए ।

नेपालका ओपनर कुशल भुर्तेल इनिङकै पहिलो बलमा रोयल डक आउट भएका थिए । नेपाल ४१.१ ओभरमा १३२ रन बनाउँदा अल आउट भयो ।

कप्तान रोहितका अनुसार पहिलो विकेट गएपछि पनि माथिल्लो क्रमका ब्याट्सम्यानले जिम्मेवारी लिएको भए राम्रो स्कोर बन्न सक्थ्यो ।

‘नामिबियाका बलरहरुले कण्डिसनलाई राम्रोसँग प्रयोग गरे’ उनले भने, ‘हाम्रो टप अर्डरका ४/५ ब्याट्सम्यानले लिम्मेवारी लिएन ।’ चौथो नम्बरमा ब्याटिङ्गमा आएका रोहित १ रन बनाएर आउट भएका थिए ।

कुशल मल्ल र भीम सार्कीले पाँचौं विकेटका लागि ४६ रनको साझेदारी गरेका थिए ।

प्रशिक्षक मोन्टी देशाईका अनुसार यो साझेदारी केही ठूला हुनुका साथै अर्को एउटा राम्रो साझेदारी भएको भए खेलको अवस्था फरक पर्ने थियो ।

‘पावर प्लेमै ३÷४ विकेट गुमाएपछि हामी पछाडि पर्‍यौं । कुशल र भीमको साझेदारीले केही मद्दत ग¥यो’ उनले भने, ‘यस्तो बेला यसँगै अर्को एउटा राम्रो साझेदारी भएको भए २३०÷२४० को स्कोर बन्न सक्थ्यो ।’

भोलि नेपालको खेल छैन । पर्सि नेदरल्याण्ड्सविरुद्ध खेल्दा आज भएका कमजोरी सुधार गरेर आउने कप्तान र प्रशिक्षक दुबैले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?