+
+

नेपाल टेलिकमको विन्टर अफर सार्वजनिक, के छन् सुविधा ?

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २६ गते १७:३७

काठमाडौं । नेपाल टेलिकमले ‘विन्टर अफर–२०८०’ सार्वजनिक गरेको छ ।

२७ पुसदेखि लागु हुने गरी सार्वजनिक गरिएको अफरमा फोरजी डाटा अफरलाई अझै आकर्षक बनाइएको कम्पनीले बताएको छ । जस अनुसार १ दिनका लागि १९ रुपैयाँमा ४०० एमबी र ३३ रुपैयाँमा १२०० एमबी डाटा उपलब्ध हुनेछन् । त्यसैगरी ७ दिनका लागि१०९ रुपैयाँमा ५ जीबी र २८ दिनका लागि २९८ रुपैयाँमा ७ जीबी डाटा उपलब्ध हुनेछन् ।

स्टे कनेक्टेड प्याक अन्तर्गत ५ दिनका लागि १०९ रुपैयाँमा ६ जीबी डाटा तथा १३९ रुपैयाँमा ६ जीबी डाटा र १७० मिनेट अन–नेट भ्वाइस उपलब्ध हुनेछ । त्यसैगरी २ घण्टाका लागि ३५ रुपैयाँमा अनलिमिटेड प्याक उपलब्ध हुनेछ ।

यस अघि उपलब्ध अल टाइम भ्वाइस प्याक, अनलिमिटेड प्याक, डाटा प्याक, सोसल मिडिया प्याक, स्टे कनेक्टेड प्याक, एसएमएस प्याक, एमटूएम प्याक लगायतका विभिन्न आकर्षक प्याकहरु समेत उपलब्ध हुनेछ । त्यसैगरी नेपाल टेलिकम एप डाउनलोड गर्दा उपलब्ध हुने १ जीबी डाटा प्याक पनि निरन्तर रुपमा उपलब्ध हुने जनाएको छ ।

कम्पनीका अनुसार विन्टर अफर अन्तर्गतका विभिन्न प्याक प्राप्त गर्नका लागि ग्राहकले 1415*1# डायल गर्नुपर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?