+
+
Shares

सन सेक्युरिटिजद्वारा विद्यार्थीलाई सेयर बजारसम्बन्धी सचेतना कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २६ गते १९:०७

काठमाडौं । सन सेक्युरिटिज प्रालिले विद्यार्थीका लागि सेयर बजारसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरेको छ ।

काठमाडौका ग्लोबल र एपोलो कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुलाई लक्षित गरी सेयर बजारसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिएको कम्पनीले जनाएको छ ।

ग्लोबल कलेजमा बीबीए तह अध्ययन गर्ने करिब १५० र एपोलो कलेजका ५० जना बीबीए तहकै विद्यार्थीहरु सचेतना कार्यक्रममा सहभागी भएका थिए ।

कार्यक्रममा नेपालको सेयर बजारका आधारभूत पक्ष, सेयर बजारको वर्तमान अवस्था, कम्पनी विश्लेषणका विधिहरु, व्यवस्थापन तथा प्राविधिक विश्लेषणका बारेमा तालिम प्रदान गर्नुका साथै विद्यार्थीहरुसँग भएका सेयर बजारसँग सम्बन्धित विभिन्न समस्या तथा तिनको समाधानका विषयमा अन्तरक्रिया गरिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सन सेक्युरिटिजका सुशिल भट्टराई र सैयम बज्राचार्यले तालिमको सहजीकरण गरेका थिए ।

कम्पनीले अब प्रत्येक शुक्रबार आफ्नै कार्यालयमा बिहान ११ बजेदेखि १ बजेसम्म आधारभूत सेयर तालिम कार्यक्रम र दिउँसो २ बजेदेखि ४ बजेसम्म बेसिक प्राविधिक विश्लेषण तालिम कार्यक्रम सञ्चालन गरिने प्रशिक्षक भट्टराईले जानकारी दिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?