+
+

प्रधानमन्त्री कप खेल्ने लुम्बिनीको टिम घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २७ गते १७:१४

२७ पुस, काठमाडौं । प्रधानमन्त्री एकदिवसीय राष्ट्रिय प्रतियोगिता खेल्ने लुम्बिनी प्रदेशको टिम घोषणा भएको छ ।

लुम्बिनीले सुशान्त सिंह थापाको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो ।

नेपालका लागि यू–१९ खेलेका कृष्ण कार्की र निर्मल गुरुङ यस टिममा छन् । प्रधानमन्त्री कप क्रिकेट शनिबारदेखि सुरु हुँदै छ ।

लुम्बिनी प्रदेशबाट खेल्ने विशाल विक्रम केसी र दुर्गेश गुप्ता हाल यू–१९ विश्वकपका लागि दक्षिण अफ्रिकामा छन् ।

पुस १२ देखि पुस २२ गतेसम्म सञ्चालन भएको प्रधानमन्त्री कपको लुम्बिनी प्रदेशस्तरीय छनोट खेलको उपाधि बाँकेले जितेको थियो । तर प्रधानमन्त्री कप खेल्ने लुम्बिनीको टिममा बाँकेका १ जना पनि खेलाडी छैनन् ।

प्रदेशको प्रारम्भिक टोलीमा आफ्ना ३ जना मात्र खेलाडीलाई समावेश गवरेपछि बाँकेले विरोध जनाउँदै खेलाडी पठाएको थिएन । बाँके जिल्ला क्रिकेट संघका अध्यक्ष सरोवर प्रसाईँले आफ्नो टिम यसपालि च्याम्पियन भए पनि छनोट समितिले आफ्ना मान्छेलाई टिममा राख्न बाँकेका ३ जनलाई मात्र क्याम्पमा बोलाएकाले खेलाडी नै नपठाएको बताए ।

‘विगतका राष्ट्रिय प्रतियोगितामा बाँकेबाट १ जना खेलाडी पर्थे, किन एक जना मात्रै भनेर प्रश्न उठाउँदा छनोट प्रतियोगिता जित्ने टिमका खेलाडी पो टिममा पर्छन् हार्ने टिमका त १-२ जना नै त हो नि भन्थे,’ प्रसाईँले अनलाइनखबरसँग भने, ‘यसपालि हामीले छनोट प्रतियोगिता नै जित्यौं, २२ जना छनोट गर्दा हाम्रा ३ जना मात्र परे, रुपेन्देहीका ५ जना र समूह चरणमै बाहिरिएको दाङका ६ जना परे, यो त राम्रो खेल्ने हाम्रा बाबुहरुप्रति अन्याय भयो नि ।’

उनले अहिलेको प्रदेश छनोट समिति परिवर्तन नभएसम्म आफ्नो जिल्लाले अब प्रदेश कमिटीले आयोजना गर्ने कुनै पनि प्रतियोगिता नखेल्ने पनि बताए ।

लुम्बिनी प्रदेशको टिम :

सुशान्त सिंह थापा (कप्तान), प्रज्वलबहादुर थापा, विराट भण्डारी, कृष्ण कार्की, सम्राट भुसाल, मृनाल गुरुङ, दिल्सद अली, नरबहादुर सार्की, निर्मल गुरुङ, राहुल चौहान,अभिषेश गौतम, मोहम्मद हुसेन, वीरबहादुर घर्ती मगर र इखलाक अहमद

वैकल्पिक खेलाडी : विष्णु कटारिया, रुपेश बस्याल, मोहन खत्री र हेमन्त आचार्य
प्रशिक्षक : बसन्त शाही
व्यवस्थापक : अनिष कुँवर
प्राविधिक विश्लेषक : कृष्ण भुसाल ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?