+
+

त्रिभुवन विमानस्थलमा अन्तर्राष्ट्रिय यात्रु आवतजावत अहिलेसम्मकै धेरै

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २८ गते १३:०८

२८ पुस, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सन् २०२३ मा अहिलेसम्मकै धेरै यात्रु आवतजावत गरेका छन् ।

सन् २०२३ मा त्रिभुवन विमानस्थलको बाटो भएर ४५ लाख ४१ हजार १३७ जनाले आवतजावत गरेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ । यो संख्या सन् २०२२ को तुलनामा ३०.१८ प्रतिशतले बढी हो ।

कोरोना महामारीको समयअघि सन् २०१८ मा भन्दा ४.५ प्रतिशतले बढी रहेको कार्यालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

सन् २०२३ को जनवरी १ देखि डिसेम्बर ३१ सम्म त्रिभुवन विमानस्थलमा अन्तर्राष्ट्रिय उडान तथा अवतरण संख्या ३१ हजार ४६० रहेको छ । यो अवधिमा नेपालबाट २४ लाख २० हजार ७८७ जना विदेश गएका छन् भने २१ लाख २० हजार ३५० जना नेपाल भित्रिएका छन् । फ्लाइट संख्या सन् २०२२ को तुलनामा २९.४ प्रतिशतले बढी हो भने कोरोना महामारी भन्दा अगाडि सन् २०१८ भन्दा १०.७६ प्रतिशतले कम हो ।

कार्गो आगमन भने सन् २०२२ भन्दा १३.९८ प्रतिशतले कमी अर्थात २२ हजार ९४६.३७७ टन मात्र भएको छ ।

अन्तर्राष्ट्रिय यात्रुको आवतजावत बढे पनि आन्तरिक आवागमन भने घटेको छ । सन् २०२३ मा त्रिभुवन विमानस्थल प्रयोग गरेर ४१ लाख ५० हजार ३२६ जनाले आवतजावत गरेका छन् ।

जुन सन् २०२२ को भन्दा ७.०७ प्रतिशतले कमी रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जानकारी दिएको छ । आन्तरिक हवाइ उडानको संख्या भने ९६ हजार ९८९ रहेको छ । यो पनि सन् २०२२ को तुलनामा १०.३६ प्रतिशतले कम हो ।

आन्तरिक उडानमा कार्गो ओसारपसार तीन हजार ४२६.८६१ टन भएको छ । यो मात्रा भने सन् २०२२ को भन्दा १०.८७ प्रतिशतले वृद्धि हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?