+
+

हिमालय रोडिज सिजन ६ को घोषणा, ग्याङ लिडरमा प्रियंका र अनुपको निरन्तरता

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २८ गते २०:४५

काठमाडौं । हिमालय रोडिज सिजन ६ को औपचारिक घोषणा भएको छ । भ्वाइस अफ नेपालको ग्राण्ड फिनालेको स्टेजमा निर्देशक सिमोस सुनुवारले नयाँ सिजन आउन लागेको बताए ।

छैटौं सिजनको घोषणा गर्न सिमोससहित ग्याङ लिडरहरु प्रियंका कार्की र अनुपविक्रम शाही मञ्चमा पुगेका थिए । यसको अर्थ, प्रियंका र अनुप आउँदो सिजनमा पनि निर्णायकको रुपमा देखिनेछन् ।

निर्देशक सुनुवारका अनुसार माघ १ गतेदेखि डिजिटल अडिसन सुरु हुनेछ । रोडिजको मापदण्डमा रहेर इच्छुकले आवेदन दिन सक्ने उनले बताए । हिमालय टिभीको एपबाट पनि अप्लाइ गर्न सकिने भएको छ ।

‘रोडिज घोषणाको लागि यो भन्दा पर्फेक्ट ठाउँ अर्को हुनसक्दैन’ सिमोसले उक्त अवसरमा भने । प्रियंकाले छैटौं सिजनबाट पनि दर्शकको माया पाउने आशा राखेको बताइन् ।

रोडिजको छैटौैं सिजनबारे विस्तृत पछि आउला तर, यो घोषणाले दर्शक शोलाई लिएर पर्खाइमा छन् ।

पाँचौ सिजनमा लाउरेको टीमका प्रतिस्पर्धी संजीप राईले उपाधि जितेका थिए । लाउरेका दुबैजना फाइनलिस्ट रहेका थिए । छैटौं सिजनमा लाउरेको निरन्तरता हुनेछ वा छैन, यसबारे पछि थाहा लाग्ला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?