+
+

बागमतीविरुद्ध सन्दीप जोराको अर्धशतक

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २९ गते १२:०४
फाइल तस्वीर ।

२९ पुस, काठमाडौं । एपीएफ क्लबका मध्यक्रमका ब्याटर सन्दीप जोराले बामगती प्रदेशविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।

उनले ६४ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका छन् । पाँचौं क्रममा आएका उनले एकतर्फबाट क्रिज सम्हाल्दै टिमको लागि महत्वपूर्ण अर्धशतकीय पारी खेलेका हुन् ।

४१ रनमा पाँच विकेट गुमाएको एपीएफका लागि उनले लोकेश बमसँग ६१ रनको अर्धशतकीय साझेदारी गर्दै एपीएफलाई १०७ सम्म डोर्‍याएका थिए ।

सन्दीप हाल ७४ बलमा ६१ रन बनाउँदै खेलिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?