+
+

मधेशविरुद्ध आर्मीका कप्तान विनोद भण्डारीको शतक

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १ गते १२:०९

१ माघ, काठमाडौं ।  प्रधानमन्त्री कप एक दिवसीय कि्रकेट प्रतियोगितामा आर्मीका कप्तान विनोद भण्डारीले मधेश प्रदेशविरुद्ध शतक प्रहार गरेका छन् ।

योसँगै उनले घरेलु चौथो राष्ट्रिय प्रतियोगितामा दोस्रो शतक प्रहार गरेका छन् ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङका गर्ने क्रममा आर्मीका लागि चौथो क्रममा आएका विनोदले ८९ बलमा ९ चौका र ४ छक्का प्रहार गर्दै शतक पूरा गरेका हुन् ।

उनले २०२१ को प्रधानमन्त्री कपमै पहिलो शतक प्रहार गरेका थिए । दीपेन्द्रसिंह ऐरीपश्चात प्रधानमन्त्री कपमा दोस्रो शतक हान्ने उनी दोस्रो खेलाडी हुन् । उनले २०२१ को मेयर्स कपमा पनि शतक प्रहार गरेका थिए ।

भण्डारी ३८.६ ओभरमा विशाल पटेलको बलमा मयन यादवबाट बाउन्ड्री लाइनमा ८५ रनमा जीवनदान पाएका थिए ।

घरेलु प्रतियोगितामा सफल मानिने ब्याटर विनोद भण्डारीले कुशल मल्लसँग पाँचौं विकेटका लागि १३२ को शतकीय साझेदारी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?