+
+
त्रिकोणात्मक टी-२० आई सिरिज :

विनोद र रोहित आउट

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २९ गते ७:२६

२९ फागुन, काठमाडौं । नेपालले त्रिकोणात्मक टी२० आई सिरिजमा पपुवा न्युगिनीविरुद्ध ओपनर विनोद भण्डारी र कप्तान रोहित पौडेललाई गुमाएको छ ।

मोगं कोगंमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ८.२ ओभरमा २ विकेट गुमाउँदै ६५ रन बनाएको छ । कुशल भुर्तेल २३ बलमा ४ चौका र २ छक्कासहित ३७ र आरिफ शेख क्रिजमा छन् ।

नेपाललाई ओपनर विनोद र कुशल भुर्तेलले ७.३ ओभरमा ६४ रनको सुरुवात दिलाएका थिए । स्पिनर जोहन कारिकोलाई ठूलो सट खेल्नेक्रममा नर्मन भानुवाबाट क्याच आउट भएका थिए । विनोदले २२ बलमा २ चौका र १ छक्कासहित २७ रन बनाए । त्यसअघि विनोद भण्डारीले ब्यक्तिगत ८ रनमा असाद भालाले क्याच छाड्दै जीवनदान दिएका थिए ।

कप्तान रोहित पौडेल नोसैना पोकनाको नवौं ओभरको पहिलो बलमा एज लागेर विकेटकिपर डोरिगाबाट १ रनमा क्याच आउट भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?