+
+

अनिल र कप्तान रोहित पनि आउट

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २० गते १५:५५
फाइल तस्वीर : कप्तान रोहित पौडेल

२० चैत, काठमाडौं । नेपालले भारतमा जारी एसएमएस फ्रेन्डसिप टी-२० कपमा बरोडासँग मध्यम ब्याटिङ प्रदर्शन गरेको छ ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले १२ ओभरमा ४ विकेट गुमाउँदै ७९ रन बनाएको छ । नेपालका गुलशन झा १२ र सन्दीप जोरा १ रनमा क्रिजमा छन् ।

अनिल कुमार शाह २७ बलमा २ चौका र १ छक्कासहित २५ रनमा क्याच आउट भए । उनी परिक्षित पाटिदारको बलमा टप एज लागेर आउट भएका थिए । कप्तान रोहित पौडेल १३ बलमा ३ चौकासहित १८ रनमा रन आउट हुन पुगे ।

त्यसअघि नेपालले ओपनर आसिफ शेख र कुशल भुर्तेललाई ९(९ रनमा गुमाएको थियो । दुबै ओपनर तीव्र गतिका बलर बाबा खानको बलमा क्याच आउट भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?