+
+

हङकङविरुद्ध नेपालले चौथो विकेट गुमायो, आरिफ सेख आउट

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २६ गते १४:१०

२६  फागुन, काठमाडौं । मैत्रीपूर्ण टी-२० आई क्रिकेटमा घरेलु टोली हङकङविरुद्ध २१३ रनको लक्ष्य पछ्याएको नेपालले चौथो विकेट गुमाएको छ ।

चौथो विकेटका रुपमा नेपालले आरिफ सेखमा ३८ रनमा गुमाएको हो । उनले २१ बलमा २ छक्का र ४ चौका प्रहार गरे ।

यसअघि तेस्रो विकेटका रुपमा नेपालका कप्तान रोहित पौडेल ३० रन बनाएर आउट भएका थिए । उनले २३ बलमा १ छक्का र २ चौकाको मद्दतमा ३० रन बनाएका हुन् ।

नेपालका विनोद भण्डारी २२ बलमा ४२ रन बनाएर आउट भएका थिए भने ओपनर कुशल भुर्तेल २ रनमै आउट भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?