+
+

स्तरोन्नतिपछि पनि ‘ड्युटी फ्री कोटा’ लाई निरन्तरता दिन नेपालको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १ गते १५:००
फाइल तस्वीर

१ माघ, काठमाडौं । नेपाल सन् २०२६ पछि अतिकमविकसित मुलुकबाट विकाससिल मुलुकमा स्तरोन्नति हुँदैछ । सोही सन्दर्भमा नेपालले अहिले पाइरहेका सुविधाहरुको निरन्तरताको माग गरेको छ ।

विश्व व्यापार संगठनको आयोजनामा आगामी १४–१७ फागुनसम्म आबुधावीमा आयोजना हुने तेह्रौं मन्त्रीस्तरीय सम्मेलनको पूर्वसन्ध्यामा आयोजित एलडीसीका व्यापार मन्त्रीहरुको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री रमेश रिजालले स्तरोन्नतिको सहज र दिगोपनका लागि सुविधा निरन्तरताको माग गरेका हुन् ।

उनले ड्युटी फ्री कोटा, फ्रि मार्केट एक्सेस, विशेष व्यवस्थासहितका अहिले पाइरहेका सुविधालाई केही निश्चित अवधिसम्मका लागि निरन्तरता दिनु पर्ने विषयमा जोड दिएका छन् ।

मन्त्रालयका अनुसार नेपालसँगै स्तरोन्नति हुन लागेका अन्य मुलुकसँगको सहकार्यमा समेत जोड दिएका छन् ।

उनले संगठनले नियममा आधारित निष्पक्ष र पारदर्शी रुपले काम गर्न सके मात्र अल्पविकसित, भूपरिवेष्ठित र नेपालजस्ता सानो अर्थतन्त्र भएका मुलुकले बहुपक्षीय व्यापार प्रणालीबाट लाभ लिन सक्ने बताए ।

उनले साझा विश्वव्यापी समृद्धि हासिल गर्न र बहुपक्षीय व्यापारबाट लाभ लिन विश्व व्यापार संगठनमा समेत सुधार गर्नु पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?