+
+

प्रधानमन्त्री कपमा आर्मीको विजयी सुरुवात, मधेश पराजित

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १ गते १६:३५
शतक पूरा गरेका आर्मीका कप्तान विनोद भण्डारी ।

१ माघ, काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले मधेशमाथि १२६ रनको फराकिलो जित निकालेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको त्रिभुवन आर्मीले निर्धारित ५० ओभरमा अलआउट हुँदै ३२० रन बनाएको थियो ।

आर्मीका लागि कप्तान विनोद भण्डारीले ९३ बलमा ९ चौका र ६ छक्का सहित ११३ रन बनाए ।

ओपनर इमरान शेख २६ तथा अर्का ओपनर सन्तोष कार्की ४२ रनमा आउट भए । कुशल मल्ल र विवेक यादवले सामान ३७ रन बनाए ।

मधेशका लागि रञ्जित कुमारले सर्वाधिक ५ विकेट लिए । विशाल पटेलले २ विकेट लिँदा रुपेश सिंह र राजेश यादवले समान १ विकेट लिए ।

आर्मीले दिएको ३२१ रनको लक्ष्य पछ्याएको मधेश ४८.३ ओभरमा १९४ रनमा अलआउट भयो । मधेशका लागि पवन सराफले सर्वाधिक ६५ रन बनाए । उनले ३ बलमा ७ चौका र ३ छक्का प्रहार गरे ।

ओपनर मयन यादवले ३४ रन बनाए । अर्का ओपनर अनिल शाहले १२ रन बनाए । रुपेश सिंहले १, विशाल पटेलले १७ रन बनाए । राजेश यादव ३२ रनमा अविजित भए ।

आर्मीका लागि साहब आलमले सर्वाधिक ४ विकेट लिए । सोमपाल कामीले २ विकेट लिए । जितेन्द्र मुखिया र कुशल मल्लले १/१ विकेट लिए ।

पहिलो खेलमा कोशीमाथि ७ विकेटको जित हात पारेको मधेशको यो पहिलो हार हो भने आर्मीले पहिलो खेल नै जितेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?