+
+

सुस्वास्थ्य अस्पतालले मनायो नवौं वार्षिकोत्सव

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १ गते १७:३३

काठमाडौं । नसा तथा हाडजोर्नीका बिरामीहरुको अकुपन्चर विधिबाट उपचार गर्दै आएको सुस्वास्थ अस्पतालले नवौं वाषिकोत्सव मनाएको छ । सोमबार आयोजित समारोहमा सुस्वास्थ्य अस्पतालका अध्यक्ष सुदर्शन बस्नेतले नसा च्यापिएका बिरामीको उपचारमा ९० प्रतिशत सफलता प्राप्त भएको दाबी गरे ।

‘नसा च्यापिएका बिरामीको उपचारमा ९० प्रतिशत सफलता पाउनु ठूलो उपलब्धि हो, ’ बस्नेतले भने, ‘नसा च्यापिएको बिना शल्यक्रिया उपचार, हड्डी खिइएको उपचार, पक्षघातको उपचार, माइग्रेन, अनिद्रा, डिप्रेसन र इन्जाइटीका बिरामी बढी आउने गर्छन् ।’

अस्पतालले बिरामीको उपचारका साथै आवश्यक स्वास्थ्य शिक्षा सचेतना समेत प्रदान गरिरहेको छ । त्यस्तै विभिन्न संघसंस्थामा कार्यरत कर्मचारीका लागि कम्मर र गर्धनको समस्याबाट बच्ने तरिका, आसन र कसरत पनि सिकाउने गरेको छ ।

बस्नेतका अनुसार अस्पतालले सामाजिक उत्तरदायित्व अन्तर्गत हालसम्म देशका विभिन्न १२ स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ । जसबाट पाँच हजारभन्दा बढी बिरामीले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेको सुस्वास्थ्य अस्पतालको भनाइ छ ।

स्वास्थ्य जनचेतना अभियानअन्तर्गत कम्मर र गर्दनको हेरचाह गर्ने र आफैं व्यवस्थापन गर्ने तरिका सिकाउने कार्य पनि हालसम्म १० स्थानमार्फत १५ सय जनालाई गरिसकेको छ ।

गुणस्तरीय प्राकृतिक चिकित्सा अस्पताल बनाउने लक्ष्यका साथ २०७२ माई १ बाट सुस्वास्थ्य अस्पताल सञ्चालनमा आएको हो । यो अस्पताल त्रिपुरेश्वरबाट २०५६ सालदेखि अकुपञ्चर विधिबाट उपचार गर्ने गरी स्थापना भएको वैकल्पिक उपचार सेवा केन्द्रको विस्तारित रूप हो ।

आयुर्वेद विभागबाट १५ शय्याको स्वीकृति लिएर सञ्चालनमा आएको अस्पतालले सेवा विस्तारका लागि प्रदेशस्तरमा शाखा स्थापनाको तयारी समेत गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?