+
+

टाइगर कप भलिबल : महिलातर्फ गण्डकी नेपाल पुलिससँग पराजित

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २ गते ११:००

२ माघ, पोखरा । पोखरामा जारी चौंथो टाइगर कप महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिलातर्फ घरेलु टोली गण्डकी प्रदेश राजित भएको छ ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा गण्डकी प्रदेश विभागीय टिम नेपाल पुलिस क्लबसँग ३-० को सोझो सेटमा पराजित गरेको हो ।

गण्डकी प्रदेशको टिमलाई राष्ट्रिय टिमको कप्तानी सम्हालिरहेकी अरुणा शाहीले नेतृत्व लिएकी छन् । तीन जना भारतीय खेलाडीसहित मैदानमा उत्रिएको गण्डकी पहिलो २ सेटमा नेपाल पुलिस क्लबसँग २५-१० र २५-०९ ले पराजित हुन पुग्यो ।

लगातार २ सेट गुमाएको गण्डकी तेस्रो सेटमा केही लयमा फर्किने प्रयास गरेको भए पनि पुनरागमन गर्न सकेन । अन्ततः २५-१६ सेटमा चित्त बुझाउँदै सोझो सेटमा पराजित हुन पुगेको हो ।

यो जितसँगै ग्रुप बी अन्तर्गतको पहिलो खेलमा नेपाल पुलिस क्लबले तीन अंक हात पारेको छ । लिगकम नकआउटका आधारमा भइरहेको प्रतियोगितामा नेपाल पुलिस ४ अंकका साथ समूहको शीर्ष स्थानमा उक्लिएको छ ।

पुलिसले आफ्नो पहिलो खेल आइतबार अर्को विभागीय टिम एपीएफ क्लबसँग ३-२ ले पराजित हुँदै १ अंक हासिल गरेको थियो । समूहमा एपीएफ २ अंकका साथ दोस्रो स्थानमा छ ।

जारी प्रतियोगिताको महिलातर्फ समूह ‘ए’ मा एपीएफ, गण्डकी र पुलिस छन् । यस्तै समूह ‘बी’ मा त्रिभुवन आर्मी, चन्द्रगिरी नगरपालिका न्यु डायमण्ड र हरियाना टिम भारत छन्  ।

पुरुषतर्फको समूह ‘ए’ मा गण्डकी प्रदेश, त्रिभुवन आर्मी र हेल्प नेपाल स्पोट्र्स क्लब तथा समूह ‘बी’ मा एपिएफ, नेपाल पुलिस र श्रीलंका आर्मी टिम छन् ।

प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टिमले समान पाँच लाख ५५ हजार ५५५ रुपैयाँ र उपविजेताले २ लाख ५५ हजार ५५५ रुपैयाँ हात पार्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?